साउन १ गते
भारतले मित्रताको धर्म निर्वाह गर्दै नेपाललाई एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप हस्तान्तरण गरेको छ ।
“नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत” काठमाडौं स्थित भारतीय दूतावासमा आयोजित एक कार्यक्रमका विच नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप आईतवार हस्तान्तरण गरिएको हो।

‘नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारबाट लामो समयदेखि सवारी साधन उपहार दिने चलन रहेको छ,’ विभिन्न नेपाली संघसंस्थालाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले भने । नेपालको स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा विशेष रुपमा लगानी गर्दै आएको हुँदा उक्त कार्यक्रम तहत एम्बुलेन्स र स्कुल बस हस्तान्तरण गरिएको भारतीय दूतावास काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0