साउन १ गते
रौतहटको माधवनारायण नगरपालिकाको विसुनपुर्वा मानपुरमा साढुदाई घर आएका एक पुरुष व्यक्तिको शंकाष्पद मृत्यु भएको छ ।
सर्लाही जिल्लाको बसवारीया गाउँपालिका २ का ४२ बर्षिय महानन्द राय आईतवार रौतहटको माधवनारायण नगरपालिकाको विसुनपुर्वा मानपुर साढुदाई राजकुमार राय यादवको घर आएका थिए । साढुदाईको घरमा सोमवार विहान उनी झुण्डीएको अवस्थामा मृत फेला परेपछि मृतकका आफन्तहरु हत्याको आरोप लगाएको हो ।


साढुदाई संग आर्थिक लेनदेनको विषयमा केही समय देखि विवाद चल्दै आएको अवस्थामा सोही रकम लिन आएका थिए तर आज विहान उनको झुण्डीएको अवस्थामा मृत्यु भएको खवर सुन्दा मृतकको भतिजो राजिवकुमार यादवले आश्चर्य व्यक्त गरे ।
मृतकको भतिजो यादवका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर मेरो काकालाई मारेर झुण्डयाइएको हुँदा दोषिहरु विरुद्ध कडा भन्दा कडा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहट समक्ष माग गरेको छ ।
मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । मृत्यु भएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0