अबैध नलकटुवा पेस्तोल र गोली सहित भारतीय नागरिक पक्राउ

o
रौतहट, १९ कार्तिक । अबैध हतियार तथा गोली सहित एक जना भारतीय  नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
विशेष सूचनाको आधारमा बिओपी बेलविछवाबाट खटिएको सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ९ ब्रम्हपुर स्थित संजिव सिंहको मदिरा भट्ठी पसलमा सोमवार विहान २ बजेको समयमा चेकजाँच गर्दा अबैध कलकटुवा पेस्तोल र गोली सहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएका हुन् ।
नेपाल भारत सीमा क्षेत्रमा अवस्थित ब्रम्हपुर गाउँको छेउमा स्थानीय संजिव सिंहले संचालन गरेका मदिरा भट्ठी पसलमा रहेका शौचालय नजिक एक थान नलकटुवा पेस्तोल, सोमा लाग्ने ८ एमएमको तिन थान गोली, ८ एमएमको एक थान पड्केको गोलीका खोखा, एक थान मोवाइल सहित भारत विहार समस्तीपुर खैदी वडा नम्वर ५ घर भई हाल उक्त मदिरा भट्ठी पसलमा बस्दै आएका ४२ बर्षिय राजेश सिंहलाई पक्राउ गरिएको गणपति एवं सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिक राजेश सिंह र मदिरा भट्ठी पसलका संचालक संजिव सिंह नातामा सालो भिना पर्ने कुरा जानकारी दिदै सशस्त्र प्रहरीका एसपी हुमागाईले अबैध हतियार सहित पक्राउ परेका राजेश सिंहलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0