
कातिक २७ गते
रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएका हुन् ।
बसमा सबार रहेका २० यात्रु मध्ये १२ जना घाइते भएकाे रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक रायले जानकारी दिए ।
बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराईको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।
घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।















