रौतहटको सदरमुकाम गौरमा ISKCON द्वारा आयोजित भगवान श्री जगन्नाथको पवित्र रथयात्रा श्रद्धा, भक्ति र उत्साहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

रथयात्रामा सयौँ भक्तजन, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका धर्मप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। हरिनाम संकीर्तन, भजन–कीर्तन तथा धार्मिक झाँकीसहित नगर परिक्रमा गरिएको रथयात्राले गौरको वातावरणलाई भक्तिमय बनाएको थियो।

भगवान जगन्नाथ, बलभद्र र सुभद्राको दर्शन तथा पूजा–आराधनाका लागि भक्तजनहरूको उल्लेखनीय भीड लागेको थियो। भक्तजनहरूले श्रद्धापूर्वक रथ तान्दै भगवानको आशीर्वाद प्राप्त गरेको विश्वास व्यक्त गरेका छन्।

धार्मिक सहिष्णुता, सामाजिक एकता तथा आध्यात्मिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित रथयात्रा शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0