
असार २२ गते ।
रौतहटमा अबैध रकम प्रकरणमा प्रहरी नायव निरीक्षक मदन प्रसाद यादव विरुद्ध कारवाही गर्न यथेष्ट प्रमाण हुँदा हुँदै आखिरकार कसले जोगाइरहेको छ भने प्रश्न उब्जीदै गएका छन् ।
इलाका प्रहरी कार्यालय बन्जरहामा कार्यरत तत्कालिन प्रहरी नायब निरीक्षक यादवले भारतीय नागरिकको एसबिआई बैंकमा रहेको खातामा लगभग १८ लाख भारतीय रुपैया अनलाईन ट्रान्सफर गराएर त्यहाँबाट खाताधारीहरु मार्फत झिकेर उक्त अबैध रकम नेपाल ल्याएको गम्भीर आरोप उनी माथि लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा इशनाथ नगरपालिका १ का ओमप्रकाश साह, उमेश प्रसाद र भारत फुलबरिया ढाकाको राजाबाबु कुमारले दिएको छुटाछुटै उजुरीमा सई यादवले विश्वास जितेर भारतमा रहेका आफन्तहरुको खाता नम्वर माग्न लगाएर दिएको तर उक्त खातामा झण्डै १८ लाख भारतीय रकम जम्मा गराए ।
भारतीय व्यक्ति राजाबाबु संग सई यादवको अडियो संवादमा पैसा आयो कि नाई, आयो भने उक्त पैसा झिकिहालेपछि फेरी हाल्नु छ साफ स्वरमा अडियो संवादले स्पष्ट पारेका छन् कि सई यादव अबैध रकम अर्थात विना श्रोतको रकम भारतमा जम्मा गर्न लगाएको थियो ।
त्यहाँबाट सय यादवले बन्जरहाकै मान्छे पठाएर भारतीय रकम नेपाल सजिल्लै संग ल्याई पटक पटक भारतीयलाई नेपाली नोटमा कन्र्भट गराएर राष्ट्रय बाणिज्य बैंक र २० मार्चमा एनआईसी एशिया बैंकमा नोटले भरिएको ब्याग लिएर सई यादव जम्मा गरेको स्थानीय राजकिशोर प्रसाद साहले गम्भीर आरोप लगाए ।
भारतीय खाताधारीहरुको एनआईएले खाता ब्लक गरेर अनुसन्धान सुरु गरेपछि ति व्यक्तिहरु भागेर नेपाल आई आफन्तलाई सबै कुरा बताएपछि सई मदन प्रसाद यादवको पोल खुलेको छ । त्यसपछि दुई जना नेपाली र एक जना भारतीय नागरिकले छुटाछुटै उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा जाँदा २ दिन सम्म उजुरी दर्ता गर्न मानेनन् तत्पश्चात दुई दिनपछि उजुरी दर्ता भएको उजुरीकर्ता ओमप्रकाश साहले गुनासो गरे ।
सई यादव विरुद्ध यथेष्ट प्रमाणहरु हुँदा हुँदै पनि रौतहट प्रहरी प्रमुखले बन्जरहाको जिम्मेवारीबाट हटाएपनि कारवाहीको प्रक्रिया अघि नबढाएकोमा रौतहट प्रहरी माथि उनले गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । हामी पटक पटक प्रमाण, डिजिटल ट्रान्सफर भएका प्रमाणहरु दिएपछि छानविनको नाममा भाडा टार्ने गरिएको महसुुस भईरहेको उजुरीकर्ताहरुले भने ।
गोप्य श्रोतका अनुसार सई मदन यादवको छोरा भारतमा आइटी सेक्टरमा काम गरिरहेको छ, त्यसैले विभिन्न व्यक्तिहरुको खाताको ओपिटी पत्ता लगाएर खाता ह्याक गरेर ट्रान्सफर गरिएको रकम रहेको हो । भारतमा ह्याक भएको अकाउण्टहरु सम्बन्धमा छानविन गरिरहेका एनआईएका टोलीले यहाँ सम्म आईपुगेर पत्ता लगाउदा रकम नेपाल आएको खुलाशा भएपछि विस्तारै च्यानलको माध्यमबाट रौतहट प्रहरी समक्ष भारतीय अधिकारीहरुले पत्राचार गरेर बास्तविक आरोपित विरुद्ध कारवाही थालिने बलियो सम्भावना रहेको ति श्रोतले दाबी गरे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले केही डिजिटल प्रमाण सहित उजुरी परेपछि मदन यादवको बन्जरहाबाट जिम्मेवारीबाट मुक्त गरेर जिल्ला प्रहरी कार्यालय गौरमा तानिएका छौं । दुबै पक्ष संग सोध्दा हो र होइन मात्रै जवाफ आईरहेको हुँदा मेरै नेतृत्वमा समिति गठन गरिएको छ , हामी छानविन गरेर यथार्थ कुरा बाहिर ल्याउने छौं उनले स्पष्ट पारे ।















