असार २३ गते
दिपक साह
राैतहट-नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्र अन्तर्गत यहि केहि दिन देखी उपभोक्ता तथा सर्वसाधारणहरु झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रको फितलो व्यवस्थापनका कारण यस्तो समस्या हुने गरेको छ । यस भेगका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । तर आज बेलुका त अति नै भयाे भनेर उपभोक्ताले गुणासाे गरेका छन् ।

भरखरै १० मिनेट नबितदै १२ चोटि लाईन काटियो । दिन भरी मान्छे खेतमा काम गरेर आउँछ अनि सुत्ने बेलामा लाईनको कटाई तथा गर्मीले चैनले सुत्न न पाउने भएको गुनासो आएको छ।

घरमा मिटर जसरी भए पनि लगाउनु, बिजुलीको बिल समयमा बुझाउनु, समय भन्दा ढिलो भएकोमा ब्याज तिर्नु नत्र लाईन काटिन्छ भने धम्की दिने जस्ता क्रियाकलाप हरु सहदै रहने अनि सुत्ने बेलामा मिन्टौ नबित्दै ५ चोटि लाइन काट्ने यो कहाको नियम हो भने स्थानीयहरुको भनाइ रहेको छ।

यसरी हुँदा माेटर, फ्रिज, पंखा, बल्ब, एसि, कुलर, आईरण, हिटर , लगायतका ईलेक्ट्राेनिक सामाग्रीहरू खराब हुन सक्ने उपभोक्ता हरू बताउँछन् । यस विषयमा वितरण केन्द्रमा सम्पर्क गर्न खाेजदा सम्पर्क हुन सकेन त कहिले ब्यस्त छ बताउने गर्छ।

छिन छिनमा बत्ती जाने र आउने कार्यले ईशनाथ नगरपालिका लगायत वितरण केन्द्र अन्तर्गतका उपभोक्ताहरू लाई सास्ती खेपनु परेकाे स्थानीयहरु बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0