चैत्र १० गते सर्लाही

सर्लाहीको बलरा नगरपालिका वार्ड न.११ छतौना जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवद्वार शनिवार होली मिलन तथा नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको बारेमा कार्यक्रम सप्पन्न भएका छन् । नेता यादवले आफ्नो निजि निवास मै कार्यक्रमको आयोजना गरेर शुभकामना साटासाट गरेका छन् ।

होली मिलन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेता यादवले असत्य माथि सत्यको विजय भएको दिनलाई खुशीयाली एवं उत्सवको रुपमा मनाइने होलीलाई सभ्य एवं भव्य बनाउन पूर्ण शान्तिपूर्ण रुपमा मनाई आपसी सदभावलाई कायम गर्दै होलीको शुभकामना दिए ।

सोही कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य संजय सिंह र राकेश मिश्रा ले आफ्नो शुभकामना मन्तव्य राख्दै भन्ने पुराना रिसिइवीलाई विर्षेर आपसी भाईचारलाई कायम गरेर होली पर्व मनाउन आग्रह गर्नुका साथ सौहादपूर्ण रुपमा हाली पर्व मनाउन सबैमा शुभकामना दिए । कार्यक्रममा हिन्दुहरुको महान चार्ड होली पर्वले सबैमा खुशी छाओस तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न वक्ताहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य राकेश मिश्रा,संजय सिंह , वडा १ देखि ११ सम्मका सबै वडा अध्यक्षहरु,जनमत पार्टीका विभिन्न नेताकार्यकर्ताहरु ,सुरक्षाकर्मी,पत्रकार लगायत १०० औ सर्वसधारणहरुका उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0