माघ १९ गते
रौतहट । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल ज्यूले आज गरुडा नगरपालिका वडा नं. ९ रघुनाथपुर गम्हरियामा स्थापित श्री कमला माई मन्दिरको भव्य रूपमा उद्घाटन गर्नु भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ज्यू लगायत विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक महानुभावहरूको उपस्थितिमा उक्त मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा नगर प्रमुख जयसवाल ज्यूले यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई स्थानीय जनताको आस्था, संस्कृति तथा सामुदायिक एकताको प्रतीक भएको बताउनु भयो। यसले समुदायलाई अझ बलियो बनाउने र सांस्कृतिक पहिचान कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।

उहाँले मन्दिर निर्माणमा योगदान दिनु भएका सम्पूर्ण श्रद्धालुहरू, स्थानीय जनता, वडा कार्यालय तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै श्री कमला माईको कृपा सधैं रहिरहोस् भन्ने कामना समेत गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0