रौतहट । गरुडा नगरपालिकाको १५औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिकाका सबै वडा अध्यक्ष, नगरसभा सदस्य तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरसभामार्फत गरुडा नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८५ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको नगर प्रमुख जयसवालले जानकारी दिए।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सडक निर्माण, सामाजिक सुरक्षा तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

नगर प्रमुख जयसवालले बजेटले गरुडा नगरपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0