
फाल्गुन १९ गते
प्रेमचन्द्र झा/राैतहट ।जिल्ला समन्वय समिति राैतहटका एक सदस्यले कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन ।
समितिकाे कोषमा रहेको एक करोड दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले बताए । समन्वय समिति प्रमुख रामअयाेध्या यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले केही दिन आगाडी गाेप्य बैठक बसि खर्च गर्न नहुने रकममा भाग बण्डा गरेकोमा आपति प्रकट गरेका हुन ।
पछिल्लो कार्यकाल जस्तो १२ करोड अनियमितता यश पालि हुन नदिन सदस्य जमिलले बताएका छन । सो अनियमित खर्चको अनुमाेदन आज विहिबार हुन लागेको जिल्ला सभा बैठकमा समेत पेश हुने उनले दाबी गरेका हुन । यश सम्बन्धमा समन्वय समितिका प्रमुख राम अयाेध्या प्रसाद यादवले काेषकाे रकम भागबण्डा गर्ने पक्षमा आफु पनि नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















