
सिरहा | सिरहाको गोलबजार क्षेत्रमा जारी प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका गणेश यादव रहेका छन्। कर्फ्यूका बीच भएको प्रदर्शनका क्रममा उनलाई गोली लागेको बताइएको छ।
घटनापछि प्रदर्शनकारीहरूले प्रहरीले गोली चलाएको आरोप लगाएका छन्। तर प्रहरीले भने गोली नचलाएको दाबी गर्दै भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरिएको जनाएको छ।
घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन समेत दिएका छैनन्।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बराल का अनुसार प्रदर्शनका क्रममा एक जना घाइते भएका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















