काठमाडौं, ३ साउन । संघिय राजधानीको सिनामंगलमा बम जस्तै देखिने शंकाष्पद बस्तु राख्ने रौतहटको खजाञ्ची पासवानलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा फोन आयो, ‘सिनामंगल स्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडी बम जस्तो देखिने वस्तु राखिएको छ ।’
सुचना लगतै प्रहरी वृत्त, गौशाला सम्म पुग्यो, प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित गरायो । त्यहाँ ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’ को नाममा एउटा पर्चा पनि भेटियो । त्यसमा ज्वेलरीका सञ्चालकलाई आफ्नो पार्टीलाई सहयोग गर्न भनिएको थियो । ‘यहाँ आरडीएक्स बम बारुदको बम राखिएको छ, सावधान रहनु होला ।’ घटनास्थलमा पुगेर प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइयो । सेनाको टोली आएर डिस्पोज गर्ने प्रक्रिया थाल्यो । त्योबीचमा प्रहरी वृत्त, गौशालाका डीएसपी समिरबाबु खड्का सहितको टोली नजिकै रहेको पसलका क्लोज सर्किट (सीसी) क्यामराको दृश्यहरु हेर्न थाल्यो ।

त्यसक्रममा शंकास्पद वस्तु राखिएको पसल अगाडी सडक पारिपट्टी रहेको सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मर मुनिको भाग देखियो ।
बिहान ७ बजेर ९ मिनेट जाँदाको फुटेजमा टिसर्टको थोरै भाग, निलो पाइन्ट र चप्पल लगाएको व्यक्तिले शंकास्पद वस्तु खसालेको देखिएको थियो । प्रहरीले अन्य पसलको पनि सीसी टीभी हेर्दै उनले राख्ने मानिस यही भिडमा हुनुपर्ने हो भन्दै खोजी कार्य सुरु गरियो । खोजीकै क्रममा प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट आरोपी रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको अपराध अनुसन्धान महाशाखा रानीपोखरीले जनाएको छ । यता नेपाली सेनाले शंकास्पद वस्तुलाई डिस्पोज गराएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनका लागि बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखिएको विभिन्न अनलाइनहरुमा खवरलाई प्राथमिकताका साथ छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0